सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार : मन्त्री बडु

Read Time = 4 mins

सुदूरपश्चिम । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताउनुभएको छ । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रश्तावित दोधारा चाँदनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताउनुभएको हो । उहाँले लामो समयदेखि प्रश्तावित रहेको बन्दरगाह तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलन्यास गरेर शिलन्यासमै सिमित रहे पनि अहिलेको सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको पनि बताउनु भयो । उहाँले लामो समयदेखि प्रश्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत यी आयोजनालाई सरकारले समेट्ने बताउनु भयो । मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएकोले बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने बताउनु भयो । मन्त्री बडूले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब दु्रत गतिमा अगाढी बढ्ने विस्वास व्यक्त गर्नुभयो । मन्त्री बडूले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान समेत गरिएको बताउनु भयो । बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगोको लाग्ने चरणमा रहेको अवस्था रहेको पनि उहाँले बताउनु भयो ।

मन्त्री बडूले भन्नुभयो, ‘दोधारा चाँदनी सुख्खाबन्दरगाह हामी समयमै सकिने गरेर काम शुरु गर्छौं, सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान छ, त्यसमै हामी यो काम शुरु गर्नेछौँ । अर्को कुरा दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिको सम्भावनाको आधार हो पछिल्लो सरकारले शिलान्यास गरेको थियो, हामीले यसलाई प्राथमिकतामा राखेका छौँ । यसलाई अघि बढाउनेछौँ । हामी यसको मोडालिटीको बारमो छलफल गरिरहेका छौँ । यो क्षेत्रले सुदूरपश्चिमको क्षेत्रमा धेरै ठूलो फड्को मार्न सक्छ, यो त्रिदेशीय महत्वको विषय छ ।’

मन्त्री बडूले यो क्षेत्रमा हुने औद्योगिक विकास र वृद्धिले २२ हजार युवाले रोजगार पाउने अनुमान रहेको बताउनु भयो । दोधारा चादँनीको सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउँद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन गर्नुभएको थियो ।

नोटः यो कार्यक्रम हिजो भएको हो । समय अभावको कारणले पठाउन सकिएको थिएन । आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?