आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यातायात व्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र विचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।

‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए, लाइसेन्सका लागि नयाँ आवेदन, नविकरण, सवारी बर्ग थप र राजश्व  आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौँ’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भन्नुभयो, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौँ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौं ।’

बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुरु गर्नुभयो। अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाईं, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिनु भएको थियो।

अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भन्नुभयो ।

नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरु अब नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँचरपाँच बर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदै छ ।

नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?