याङवरक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

Read Time = 2 mins

-जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित हुनुभएको हो ।

योङयाले ४ हजार १ सय १८ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयालाई पराजित गर्नुभयो । मविन्द्रले ४ हजार ३८ मत ल्याउनुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार सुरेन्द्र लावतीले १८५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा निर्वाचित मेयाङबोले ३ हजार ९९८ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार बेघाले ३ हजार ६७९ मत प्राप्त गर्नुभयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार रमला फेदाप तेचुङ शिगुले २०५ मत ल्याउनुभयो ।

यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?