-जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित हुनुभएको हो ।
योङयाले ४ हजार १ सय १८ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयालाई पराजित गर्नुभयो । मविन्द्रले ४ हजार ३८ मत ल्याउनुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार सुरेन्द्र लावतीले १८५ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा निर्वाचित मेयाङबोले ३ हजार ९९८ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार बेघाले ३ हजार ६७९ मत प्राप्त गर्नुभयो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार रमला फेदाप तेचुङ शिगुले २०५ मत ल्याउनुभयो ।
यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर