नेपालले युगाण्डासँग चौथो प्रतिष्पर्धा गर्दै

Read Time = 1 min

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आज युगाण्डासँग सिरिजको चौथो ट्वान्टी २० मा प्रतिष्पर्धा गर्दैछ ।

खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । आज युगाण्डालाई हराउँदै नेपाल पहिलो जित निकाल्ने दाउमा छ ।

पाँच खेलको सिरिज युगाण्डाले ३–० ले जितिसकेको छ । बिहीवार नेपाललाई ६ विकेटले पराजित गरेसँगै युगाण्डाले पाँच ट्वान्टी २० सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

पहिलोपटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले अन्तिम खेल शनिवार खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?