शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा आवश्यक: नेता पुन

Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिदै सांसद पुनले विदेश पढ्न जानेले पैसा लिएर जाँदा विदेशी मुद्रा सञ्चितिमा समस्या भएको बताउनुभयो ।

उहाँले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । देशमा गुणस्तरीय शिक्षा भएमा विदेशी मुद्रा सञ्चितिमा सुधार गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षामा विदेश गएको रकम गत वर्ष २१ अर्ब रहेछ । यो वर्ष त्यो बढेर २४ अर्ब पुगेको छ । पढ्न जानेले लिएर जाने पैसा मात्रै । विदेशी मुद्राको सञ्चितिमा अलिकती समस्या त्यसले पनि पारेको छ । माध्यामिक तहमा हाम्रो गुणस्तरीय भयो । विश्वविद्यालयस्तरको शिक्षालाई गुणस्तरीय बनाउने बित्तिकै हाम्रो शिक्षाको गुणस्तर बढ्छ । विदेशी मुद्राको सञ्चिति लगायत धेरै कुरा एकै साथ सुधार गर्छ । यस खालका रणनीतिक क्षेत्रहरुमा सरकारको ध्यान जानेछ । आगामी बजेटमा यस क्षेत्रमा ध्यान जानेछ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?