बराबरीसँगै चेल्सी तेस्रो हुने पक्का

Read Time = 3 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेलेको हो ।

लेस्टरका जेम्स म्याडिसनले एक गोल गर्दा घरेलु टोलीका मार्काेस अलन्सोले बराबरी गोल फर्काउनुभयो । खेलको छैटौं मिनेटमा जेम्स म्याडिसनको गोलबाट चेल्सी पछि परेको थियो । ३४औं मिनेटमा रिस जेम्सको पासमा अलन्सोले बराबरी गोल फर्काउनुभयो ।
यो बराबरीसँगै चेल्सीले यो सिजनको प्रिमियर लिगमा तेस्रो स्थान पक्का गरेको छ । चेल्सीको ३७ खेलबाट ७१ अंक पुगेको छ । लिगको अन्तिम खेलमा हार र अर्काे खेलमा टोटेनहमले जित निकाले पनि गोल अन्तरमा चेल्सी अघि रहनेछ । लेस्टर ४९ अंक जोडेर नवौं स्थानमा रहँदा अर्काे सिजन युरोपेली लिगमा देखिनेछैन ।

अर्काे खेलमा एस्टन भिल्ला र बर्नलेले १-१ गोलको बराबरी खेले । बर्नलेका एस्ले बार्नेसले गोल गर्दा भिल्लाका इमिलियानोले बराबरी गोल फर्काउनुभयो । यो बराबरीसँगै भिल्ला ४५ अंक जोडेर १४औं स्थानमा रहँदा लेस्टर ३५ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ । अब लिगको अन्तिम खेलबाटै रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसक्दा अब बर्नले र लिड्समध्ये एक टोली रेलिगेसनमा पर्नेछ ।

यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टनले सिजनको इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ । घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर ३-२ को जित निकाल्दै एभर्टन रेलिगेसनबाट जोगिएको हो । एभर्टनको पुनरागमन जितमा माइकल किन, रिचार्लीसन र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । क्रिस्टल प्यालेसका जिन फिलिप माटेटा र जोर्डन एयुले गोल गर्नुभयो ।

यो जितसँगै एभर्टनको ३७ खेलबाट ३९ अंक पुगेको छ । अब एभर्टनले आफ्नो अन्तिम खेलमा हार भोगेको अवस्थामा रेलिगेसन जोनमा रहेका बर्नले र लिड्स युनाइटेडले जित निकालेपनि केही फरक पर्नछैन । नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसक्दा अब बर्नले र लिड्समध्ये एक टोली रेलिगेसनमा पर्नेछ । पराजित प्यालेस ४५ अंक जोडेर १३औं स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?