अस्ट्रेलियामा आमनिर्वाचन, मोरिसन र अल्बानीजबीच कडा प्रतिस्पर्धा

Read Time = 1 min

सिड्नी । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएका छन् ।

प्रधानमन्त्री मोरिसनले लिबरल-नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदाताहरूलाई आग्रह गरिरहेका छन् ।

निर्वाचनका लागि १ करोड ७० लाखभन्दा बढी मतदाता छन् । अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन् ।

सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको संसदमा ७६ सिट छ । निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?