अस्ट्रेलियामा आमनिर्वाचन, मोरिसन र अल्बानीजबीच कडा प्रतिस्पर्धा

Read Time = 1 min

सिड्नी । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएका छन् ।

प्रधानमन्त्री मोरिसनले लिबरल-नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदाताहरूलाई आग्रह गरिरहेका छन् ।

निर्वाचनका लागि १ करोड ७० लाखभन्दा बढी मतदाता छन् । अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन् ।

सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको संसदमा ७६ सिट छ । निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एलपी ग्यास वितरणलाई प्रविधिमैत्री बनाउन सभापति अन्सारीको माग, ‘एकीकृत प्रणाली तत्काल लागू… उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा टमाटर फाले, सरकारविरुद्ध प्रदर्शन रौतहटका २८ वर्षीय युवाद्वारा आत्म*दाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण अर्जेन्टिना, फुटबलको गौरव र इतिहासको छायाँ रौतहटमा युवकद्वारा आत्मदाह प्रयास पर्याप्त वर्षापछि किसान खेतमा, गगटेमा रोपाइँले समात्यो गति (तस्बिरहरू)