विदेश पठाइदिने भन्दै २१ लाख ठगी गर्ने एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमराका ३२ वर्षीय रुपेश कार्की रहेका छन् ।

उनीमाथि कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी ११ लाख ७१ हजार तथा काठमाडौं पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी नौ लाख ७५ हजार ठगी गरेको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ कार्कीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । उहाँले कार्कीबाट ठगिएका अरु व्यक्ति भए सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?