श्रीलंकामा संकटकाल हटाइयो

Read Time = 1 min

कोलम्बो । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो ।

सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गर्नुभएको थियो ।

राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गर्नुभएको थियो । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँगै देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?