दृश्य एक : बिम्ब अनेक

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
Read Time = 15 mins

प्रसंग महाभारतको, कथा यस्तो छ : पुरिका भन्ने एउटा सहर थियो । त्यो सुन्दर र शान्त नगरीमा पौरिक नाम गरेको राजाले राज्य गथ्र्यो ऊ दुष्ट थियो र पापी, राजाकै कारण नगर अशान्त थियो । आमजनता निराश थिए, नेतृत्व र व्यवहारको कारण शान्ति, अमनचैन थिएन । नेतृत्वले जनतालाई थिचोमिचो गर्दा पीडा हुने नै भयो, असैहृय दमन थियो, जनता महँगी र करको मारमा थिए ।

अन्त्यमा राजा पौरिक म¥यो । पाप धर्मको विचार नगरेकाले राजा पौरिकले अर्को जन्ममा स्याल भएर जन्म लियो त्यो पनि मसानघाटमा । मसानको स्याल, उसको खाना मरेको, पुरेको लास अर्थात् सिनो थियो । संस्कारको कारण उसलाई पूर्वजन्मको याद आउँथ्यो । मनमनै भन्ने गथ्र्यो–धिक्कार मेरो कर्म, कुकर्म, पूर्वजन्मको खराब कर्मले गर्दा आज मेरो यो हबिगत भयो । कहाँको राजा कहाँको मसाने स्याल । गिद्दको मेरो बानी व्यहोरा धिक्कार छ मेरो जीवन । यस्तैयस्तै पछुतोमा सिनो उधिन्दै खाँदै आफ्नो गुजारा चलाउने गर्न थाल्यो, त्यो स्यालले मसानघाट वरिपरि बसेर । कठै मेरो कत्रो वैभव थियो, कत्रो सम्मान थियो, मलाई धिक्कार छ, भन्दै पछुताउन थाल्यो ।

यस्तै यस्तै सोच्दै लामो समय बित्यो । केही समयपछि मसाने वैराग्य आयो । उसले हिंसाको बाटोलाई चटक्कै छोड्यो, सिनो खान छोड्यो, बोटबिरुवाहरूबाट आफैँ खसेका फलफूलहरू खाएर दिन बिताउन थाल्यो ऊ । लठीले हानेर, आफैँ खसालेर बोटबिरुवामा फलेका फल पनि खान छोड्यो उसले । आफुले सकेको निष्ठा, ध्यान, तप, व्रत गर्न थाल्यो ऊ । जीवनलाई सुधार्ने प्रयासमा लाग्यो । मसानमा बस्ने उसका दौंतरीहरूलाई उसको व्यवहार राम्रो लागेन ।

कहाँ सिनो खाने स्याल कहाँ झरेको फलफूल खाने बैरागी साधु । आफ्ना सँगीसाथी मसाने स्यालहरू साधु स्याल कहाँ आएर मुखै फोरेर भन्न थाले–यो के गरेको ? हाम्रो अपमान भयो । यस्तो बानी छोड्नु पर्‍यो तैँले । मसानघाटमा बसेर गिद्धझैं सिनो खानु पर्ने, तँ फलफूल खाएर चोखोनितो गर्छस्, हामीलाई तेरो व्यवहार ठीक लागेन ।

आफुले सकेको निष्ठा, ध्यान, तप, व्रत गर्न थाल्यो ऊ । जीवनलाई सुधार्ने प्रयासमा लाग्यो । मसानमा बस्ने उसका दौंतरीहरूलाई उसको व्यवहार राम्रो लागेन ।

मसान बैरागी स्याललेसँगै बस्ने साथी स्याललाई भन्यो, ‘हेर साथी हो ! हाम्रो आनीबानी, विधि व्यहोरा, व्यवहारले गर्दा हामीलाई कसैले पत्याउँदैन । आखिर ठाउँ, गाउँले के हुन्छ ? आफ्नो खानपान, व्यवहार शुद्ध भए भइहाल्छ नि । अरूले गन्धा सिनो खायो भन्दैमा सबैले त्यस्तै खानुपर्छ र ! मलाई त्यसो गर्न मन लागेन, मैले गरिन । आखिर भयो त नराम्रो आचरण, सधैं सबैले गर्नुपर्छ भन्ने के छ त ? दैनिक जीवन तिमीहरू पनि शुद्ध गराऊ, भविष्य सबैको राम्रै हुन्छ, जीवन लामो छ, एक जीवनमात्र होइन । पुनर्जीवन पनि त हुन्छ नि ! बरू एक आपसमा सत्संग गराऔं शुभ दिनहरू आउने छन्’ । अनेक कथा, चुड्किला, दैवी प्रसंगहरू सुनाएर उसले आफ्ना मित्रहरूलाई सम्झाउने प्रयास गर्‍यो ।

मसाने स्यालको प्रसंग सबैतिर प्रचार हुनथाल्यो । केही समयपछि त त्यो मसाने स्याल बस्ने सहरको राजाकहाँ उसको कुरो पुगेछ । शार्दुल भन्ने राजाको नगरी रहेछ र त्यो राजालाई असल र इमानदार मन्त्रीको खाँचो परेको रहेछ । राजा शार्दुलले त्यो स्याललाई दरबारमा झिकाए छन् र भनेछन्, ‘तिमीलाई मैले मन्त्रीको रूपमा नियुक्ति गरेको छु । तिम्रो असल विधि, व्यवहार, स्वच्छ र पवित्र छविको कारण हाम्रो नगरीले राम्रो सेवा दिनेछ । इमानदारीपूर्वक राम्रो काम गरेर देखाऊ, जनजीविकाको प्रश्नमा, आम जनसरोकारका विषयमा हामी सबै संवेदनशील हुनुपर्छ ।

जति राम्रो राजसेवा त्यति राम्रा नागरिक, जति असल हाम्रो चरित्र, जति असल नेताको चरित्र, मन्त्रीको आचरण, व्यवहार त्यति नै सुन्दर, शान्त र विशाल ! हाम्रो राज्य बहुत राम्रो राज्य हुनेछ । राजा शार्दुलको यस्ता धेरै कुराहरू गरे मन्त्री स्यालसँग । राजा शार्दुलले आफ्नो ढुकुटी स्याललाई सुम्पे । खरखजाना तिम्रै हो, जनता माझ राम्ररी पु¥याऊ । असल शासनमा सहयोग गर, हाम्रो हित चिताऊ, यो नगरीको सुख, सम्पत्तिको उपभोग गर्न, उपयोग गर्न तिमीलाई पूर्ण छुट छ । तिमीले काम गर्दा धर्मनीति अनुरूप गर । असल चालचलन, असल कामको परिणाम सधैं असल हुन्छ । साहसी बन, कुनै संकटबाट नडराऊ, हिम्मत साथ काम गर ।

तिमीले काम गर्दा धर्मनीति अनुरूप गर । असल चालचलन, असल कामको परिणाम सधैं असल हुन्छ । साहसी बन, कुनै संकटबाट नडराऊ, हिम्मत साथ काम गर ।

राजा शार्दुलले दिएको अर्ती, उपदेशप्रति मन्त्री स्याल खुशी भयो । राज्य ढुकुटी पाएकोमा ऊ कृतज्ञ भयो । राजालाई धन्यवाद दियो । मन्त्रीले राजालाई केही सुझाव दियो । मन्त्रीले भन्यो-राजन म धेरै खुशी छु, यस मानेका कि हजुरले मलाई ठूलो विश्वास गर्नुभयो, ढुकुटी सुम्पनु भयो, कृतज्ञ छु, सकेको र जानेको सल्लाह म हजुरलाई दिनेछु । तर राजन एउटा मेरो शर्त छ, मबाट तपाईंले सल्लाह लिँदा अरूले नदेख्ने गरी लिनु होला ।

किनभने मेरा बैरीहरू धेरै छन्, कुरौटे छन् गरिखाएको देख्नै चाहँदैनन्, इष्र्यालु छन् । व्यर्थैमा रिस गर्छन्, अरूले देख्ने गरी मसँग सरसल्लाह लिनुभयो भने उनीहरूलाई भनौं मेरा मित्रजनहरूलाई पाच्य हुँदैन । एउटा शर्त यो हो, महाराज मेरो अर्को पनि शर्त छ, मन्त्री स्यालले अर्को शर्त भन्यो-राजा मप्रति तपाईंले जुन विश्वास राख्नु भएको छ, यो टुट्न हुन्न, अर्थात् विश्वास तोड्ने काम कहिल्यै नहोस् है ।

‘हुन्छ, हुन्छ, तिम्रो दुवै शर्त मलाई मान्य भयो । तिमीसँग सल्लाह लिँदा गोप्य रूपमा लिन्छु र तिमीसँगको सम्बन्ध अकाट्य भयो’ राजा शार्दुलले सन्त स्याल मन्त्रीको गोप्य सल्लाहमा राज्य सञ्चालन गर्दैगए । समय बित्दै गयो, एक कान दुई कान मैदान, मसानघाटमा सन्त स्याल देखिन छोड्यो । उसका विरोधीले खै गर्न थाले । आखिर उनीहरूलाई स्पष्ट भएछ राजा शार्दुल कहाँ महामन्त्री भएर ऊ त ओठे भक्ति देखाउँदै रहेछ । स्यालको उन्नति, प्रगति देखेर विरोधी मित्रहरूलाई उखरमाउलो हुन थालेछ । उनीहरूलाई असैहृय पीडा अनुभूति हुन थालेछ । मसानमा स्यालहरू मिलेर बैठक बसेछन् । राजा शार्दुल र सन्त मन्त्रीको बीच कसरी फाटो ल्याउने भनेर उनीहरू ठूलाठूला योजना बुन्न थालेछन् ।

एकदिनको कुरा हो, राजा शार्दुललाई बनाइएको चौरासी व्यञ्जन सामग्रीमध्ये मूल परिकार मासुको चोरी भएछ । भान्छाबाट एकाएक मासु हराएको देखेर सबैतिर खैलाबैला मच्चिएछ । सबैतिर हल्ला पिंँजाइएछ-राजाको मासु गायव गर्ने, मीठामीठा व्यञ्जनहरू सधैंजसो गायब गर्ने अरू कसैको कामै होइन त्यही मन्त्री स्यालकै हो, सोह्रै आना हो अरू कसैको हुनै सक्दैन । आखिर स्वादे जिब्रो भएको मासु खाएर कहिल्यै नअघाउने, कहिल्यै नथाक्ने, कहिल्यै भयो पुग्यो नभन्ने स्यालै त हो नि ! अरू को हुन्छ ? मुखमा राम राम छ उसको तर हेर त नकच्चराको बगलीमा छुरा छ, त्यसैलाई कारबाही गर्नुपर्छ, त्यो पनि हदैसम्म ।

राजालाई सबैले एउटै कुरा सुनाउन थाले, त्यसैको काम हो, खराब मन्त्री, सन्त देखिने स्याललाई मन्त्री पदबाट हटाउनु पर्‍यो महाराज ! जहाँ जसलाई भेट्छन् राजा कुरो एउटै सुन्ने गर्छन्, उही कुरो राजाको असल व्यञ्जन चोर्ने अरू कोही होइन उही सन्त मन्त्री स्यालै हो । स्यालको हुइँया मच्चिँदै गयो । अब राजा र मन्त्री बीचको खाडल गहिरो हुँदै गयो, बोलचाल हराउन थाल्यो, फाटोको चुली अग्लिंदै आयो, राजा रिसाउन थाले । अन्ततः राजा शार्दुलले सन्त मन्त्रीलाई कडा निर्णय सुनाए, मन्त्री पद गयो । राजा शार्दुलकी आमा कहाँ यो कुरो पुगेछ । असल मन्त्रीलाई बर्खास्त गरेको खबर सबैतिर छरिएछ ।

आमाले राजा छोरालाई बोलाएर भनिछन्, ‘बाबु तिमीले गल्ती ग¥यौ । मलाई यो निर्णयमा षड्यन्त्रको आभास हुँदैछ, पुनर्विचार गर्नुप¥यो, जो मासु नै खाँदैन उसले मासुका परिकार चोरी गरेको कसरी हुनसक्छ, बाबु, राजा सोचेर हेर त ! अन्तरमनले नै निर्णय गरेको हो तिमीले ? हेर बाबु एउटा उदाहरण : जहिले पनि रूपवानले कुरूपको इष्र्या गर्नेगर्छ । पापीले जहिले पनि धर्मात्माको उछितो काढ्ने गर्छ । जहिले पनि लोभीले निर्लोभीको बैर गरिरहन्छ ।

अनि मूर्खले जहिले पनि पण्डितको, विद्वान्को उछितो काढ्छ । दरिद्रले सधैं साहुको क्रोध गर्छ । जो कमजोर छ नि उसले बलियाको इष्र्या गरेकै हुन्छ, बुझ बाबु ! एकान्तमा भएको मासु चोरीको दोष मन्त्रीलाई कसरी लगाउँदैछौ तिमी ? पुनर्विचार गर यस बारेमा ।

एकान्तमा भएको मासु चोरीको दोष मन्त्रीलाई कसरी लगाउँदैछौ तिमी ? पुनर्विचार गर यस बारेमा ।

आमाको कुराले राजा शार्दुलको मन झस्कियो । उसले आफ्ना गोप्य गुप्तचरहरूलाई भन्यो-मासु चोरीका विषयमा निष्पक्ष र न्यायिक परीक्षण हुनुपर्‍यो । मेरो फैसलामा मलाई शंका लाग्न थाल्यो, आखिर मन्त्री स्याल त.... । केही दिन गोप्य अनुसन्धान भयो, गुप्तचरहरूले कुरा ल्याए, सन्त स्याल साँच्चै निर्दोष रहेछ, राजाको पैmसलामा पुनर्विचार गर्नुपर्छ । गुप्तचरहरूले राजालाई यही सत्य कुरा सुझाए । निर्दोष मन्त्रीले दण्ड पाइसकेको रहेनछ । यदि दण्ड पाइसकेको भए राजा शार्दुल आपैंm नष्ट हुने अवस्थामा रहेछन्, समयमै उनकी आमाले राम्रो सल्लाह दिएकी रहिछन् ।

राजाले मन्त्रीलाई बोलाई अंकमाल गर्दै भनेछन्-मन्त्री तिमी निर्दोष छौ, आरोपबाट तिमीले मुक्ति पायौ, जे भयो गल्ती भयो । राजाले धेरै कुरा दर्शाएर सम्झाउन लागे सन्त मन्त्रीलाई । सन्त मन्त्रीले राजा शार्दुललाई भन्यो-राजा तपाईं वहकिनु भयो । तपाईंको भान्छाबाट कसैले मासु चोरेर ल्यायो, मेरो घरमा राखिदियो त्यही प्रमाणका आधारमा तपाईंले निर्णय गर्नुभयो, कुरा नबुझीकनै फैसला गर्नुभयो, मलाई फसाउन यहाँ षड्यन्त्र भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?