काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत हिृवलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बागमती प्रदेशले उपाधि हात पारेका छन् । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पाँच टिम सहभागी पुरुषको राउन्ड रोबिन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो ।
४६ अंकसाथ कर्णाली प्रदेश दोस्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेस्रो भए । अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोस्रो भयो । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा पाँच खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल सम्पन्न भएको थियो ।
यस्तै रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा जित हात पार्यो । गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आइएसए नेपाललाई ४०-१३ ले सहजै पराजित गर्यो । रोयलकी ममता गुरुङले नौ अंक जोड्नुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :