सत्याल पब्लिकेसन अब डिजिटल भर्सनमा पनि

Read Time = 2 mins

काठमाडौं । सत्याल पब्लिकेसनका पाठ्यपुस्तक अब डिजिटल माध्यममा पनि उपलब्ध हुने भएका छन् । वल्र्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा सत्यालले शिक्षालाई पूर्ण डिजिटाइज बनाउने उद्देश्यका साथ सत्याल डिजिटल सफ्टवेयर ल्याएको छ । आइतबार आयोजित कार्यक्रममा सत्याल डिजिटलका प्रमुख कार्यकारी अधिकृत आर्यन सत्यालले भौतिक कक्षालाई हाइब्रिड बनाउन सफ्टवेयरको विकास गरिएको बताउनुभयो ।

सत्यालका अनुसार विद्यार्थी गधाले जस्तो भारी बोकी विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्न नयाँ सुरुवात गरिएको हो । सफ्टवेयरमार्फत् अनलाइन कक्षा, अनलाइन टेस्ट, इबुक, असाइन्मेन्टलगायतका सबै काम गर्न सकिन्छ । अनलाइन परीक्षाका लागि कपिपेस्ट हुन नसक्ने गरी सफ्टवेयरको विकास गरिएको पनि उहाँले जानकारी गराउनुभयो । सत्याल डिजिटल सफ्टवेयर शिक्षक, विद्यार्थी र अभिभावक सबैका लागि उपयोगी हुने उहाँले बताउनुभयो । उक्त सफ्टवेयरमा १० हजार बढी शिक्षक आबद्ध रहेको बताइएको छ ।

सत्याल डिजिटलको वल्र्डलिंक इन्टरनेट पार्टनर रहेको छ । वल्र्डलिंकका प्रोडक्ट म्यानेजर प्रमेश न्यौपानेले विदेशमा पहिल्यै सुरु भएको डिजिटल शिक्षा नेपालमा ढिलै भए पनि सुरु हुनुलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभयो । सत्याल डिजिटल वल्र्डलिंकले होस्टिङ गरेकाले डाटाहरू सुरक्षित रहने उहाँले दाबी गर्नुभयो । न्यौपानेले भन्नुभयो, ‘वल्र्डलिंकले विद्यालयलाई डिजिटाइज बनाउन इन्टरप्राइजेज इन्टरनेट प्याकेज ल्याएको छ, विद्यालयभित्र इन्टरनेट चलाउँदा कुन एप चल्छ । कुन चल्दैन भन्ने हामी कन्ट्रोल गर्न सक्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?