एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पाको प्यानलसहित उम्मेदवारी घोषणा

Read Time = 4 mins

काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

अध्यक्ष शेर्पाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँसँगै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै सदस्यमा दीपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गर्नुभएको छ । महिला सदस्यमा भने उम्मेदवारी दिन बाँकी छ ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो चार वर्षे कार्यकालमा आफूलाई विकासको पक्षमा काम गर्न बाधा हाल्ने काम भएको र अहिले चुनावमा पनि विभिन्न आरोप लगाउँदै आफू विरुद्ध लागेको बताउनु भयो ।

पछिल्लो कार्यकालमा गरेका कामको नालिबेलीका साथै आगामी कार्यकालमा गर्ने कामको घोषणापत्र समेत सार्वजनिक गर्दै एन्फा अध्यक्ष शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न भने नपाएको स्वीकार गर्नुभयो ।

अध्यक्ष शेर्पाले फुटबल विकासमा लागि रहँदो केही तत्वहरुले रोक्ने प्रयास गरेको र फुटबललाई घर चलाउने माध्यम नबनाओस् भनेर आफूले उम्मेदवरी दिन लागेको बताउनु भयो ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका अध्यक्ष शेर्पाले आफू निर्वाचित भएलगत्तै एन्फामा आएर आर्थिक नियमावली, संघीय संरचनाका आधारमा विधान संयोधन गरेका, खेलाडी दर्ता प्रक्रिया बनाएको, क्लव लाइसेन्सिङ लागू गरेको लगाएतका धेरै कार्यक्रम गरेको भन्दै लामो सूचि सुनाउनु भयो । यस क्रममा पनि निर्वाचनलगत्तै आएका केही साथीहरुले आफूलाई असहायोग गरेको आरोप लगाउनु भयो । कर्माले आपूm निर्वाचित भएर आए फुटबललाई पूरै डिजिटलाईज गर्ने प्रतिवद्धता सुनाउनु भयो ।

यसअघि असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । निर्वाचनका लागि जिल्ला, संघ, क्लवबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने बी डिभिजनबाट ११ क्लव, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लव, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लवसँग मताधिकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?