रियलमी जिटी नियो ३ कोे चार्जिङमा नयाँ रेकर्ड

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले डिएक्सओ मार्क चार्जिङ टेस्टमा नयाँ रेकर्ड कायम गरेको छ । रियलमी जिटी नियो ३ ले विश्वव्यापीरूपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधिः १५० वाट अल्ट्राडार्ट चार्जका साथ प्रिमियम मोबाइल अनुभव प्रस्तुत गरेको छ । जसबाट ब्याट्री पाँच मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनसक्छ ।

कम्पनीका अनुसार उपभोक्ताका लागि उत्कृष्ट उत्पादन छनोट गर्न डिएक्सओ मार्कले जिटी नियो ३ को सुविधा हालै मूल्यांकन गरेको छ । पछिल्लो घोषणाअनुसार रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सब-स्कोरका साथ डिएक्सओ मार्क परीक्षणमा शीर्ष स्थान बनाएको छ । त्यसैगरी जिटी नियो २५ जी र एप्पल आई फोन १३ प्रो म्याक्सले क्रमशः १०१ र ७३ चार्जिङ सब-स्कोर प्राप्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?