राष्ट्रिय खेलकुद सर्यो, असोज अन्तिम सातामा हुने

Read Time = 1 min

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौं खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो ।

नयाँ मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाउनु भयो ।

रमेश सुवेदी/न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?