दाङमा कांग्रेस पहिलो शक्ति, समन्वय समितिमा स्पष्ट बहुमत

Read Time = 6 mins
A A- A+

-विवेक खड्का
दाङ । स्थानीय तह निर्वाचन २०७९ को दाङमा स्थानीय तहको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेको छ । नौ स्थानीय तहको नजिता सार्वजनिक भइसकेको छ भने एक स्थानीय तहको मतगणना जारी रहेको छ । दाङमा काँग्रेस पहिलो शक्ति बनेको छ ।

जिल्लामा सार्वजनिक भएको नजिताअनुसार जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको सतप्रतिसत प्रतिनिधित्व हुने देखिएको छ । १० स्थानीय तहमा काँग्रेस जिल्लामा पहिलो बन्दै अहिलेसम्म १२ जना प्रमुख, उपप्रमुख जितेको छ । १२ प्रतिनिधि जितेको काँग्रेस समन्वय समिति गठनका लागि प्रष्ट बुहमत देखाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहदै काँग्रेस जिल्लामा स्पष्ट बहुमतमा देखिएको हो । र पहिलो शक्तिको रूपमा कम्ब्याक भएको छ ।
काँग्रेसले एकल रूपमा निर्वाचनमा गएर बबई गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, लमही नगरपालिकामा नगरप्रमुख, उपप्रमुख जितेको छ ।
त्यस्तै बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेर नेपाली काँग्रेस दाङमा बहुमतमा देखिएको हो । माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । बंगलाचुली गाउँपालिकामा अध्यक्ष, राप्ती गाउँपालिकामा अध्यक्ष र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ । त्यसैगरेर नेकपा एमालेले घोराही उपमहानगरपालिका प्रमुख, उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
यसरी हेर्दा पनि एमाले माओवादी एक ठाउँमा जाँदासमेत काँग्रेस दाङमा पालिकामा बहुमतमा देखिएको छ । तुलसीपुर उपमहानगर–पालिकामा भने मतगणना जारी रहेको छ । यहाँ दुबै पदमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

जिल्लामा निर्वाचनमा जाँदा माओवादी, काँग्रेसलगायतको तीन स्थानीय तहमा गठबन्धन गरेका थिए । बंगलाचुलीबाहेकका स्थानमा गठबन्धनले जित्न सकेन । माओवादी राजमो, एकिकृत समाजवादीले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा चुनावी गठबन्धन गरेका थिए ।

त्यहाँ प्रमुख माओवादीले जितेको छ भने गठबन्धनको उपाध्यक्षले पराजित भएको छ । अन्य पालिकामा भने सबै राजनीतिक दल एकल रूपमा निर्वाचनमा गएको देखिन्छ । नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा काँग्रेसको स्पष्ट बहुमत देखिएको भए पनि समन्वय समितिको विषयमा छलफल नभएको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाको नतिजा आइ सकेपछि निर्णय लिइने बताउनुभयो । अहिले यो विषयमा छलफल नभएको डाँगीले बताउनुभयो ।

उहाँले गठबन्धनको जिल्लाको अवस्था र केन्द्रको निर्देशनअनुसार जिल्लामा निर्णय लिइने बताउनुभयो । उहाँले समन्वय समितिका छलफल गरेरका टुङ्गोमा लगाउने र कसरी जाने भन्ने पनि २/३ दिन पछि मात्रै थाहा हुने बताउनुभयो । जितेको हैसियतअनुसार पदीय जिम्मेवारी समन्वयमा हुन सक्ने संकेत सभापति डाँगीले गरे ।

माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज निर्मल आचार्यले समन्वय समितिको लागि काँग्रेस सविधायुक्त बहुमतमा रहेको आफ्नो दावी नरहेको बताउनुभयो । उहाँले काँग्रेसले भूमिकाले र निर्णयले गठबन्धनको समन्वयमा सहभागिता जोड्ने बताउनुभयो । ‘काँग्रेसले समेट्न खोजेमा हामी तयार छौं’ उहाँले भन्नुभयोे, ‘काँग्रेस एक्लै जान खोजे उसँग सुविधाजनक बहुमत छ, हामीले दावी गर्ने ठाउँ छैन । सामान्य यो विषयमा छलफल भएको तर उपमहानगरको नतिजा नआउँदासम्ममा निर्णय नहुने उहाँले बताउनुभयो । उहाँले जितको आधारमा सहभागिता हुने अवस्था आउने र गठबन्धन नटुट्ने जिकिर गनुभयोे ।

केन्द्रको नीतिअनुसार जिल्लामा गठबन्धन कायम रहने विश्वास राखिएको छ भने एमाले एक्लै जाने देखिन्छ । जिल्ला समन्वय समितिको निर्वाचनमा २० मत रहेको छ । त्यसमा १२ काँग्रेसले जितिसकेको छ भने माओवादी केन्द्रले ३ र एमालेले ३ जितिसकेको अवस्था छ ।

तुलसीपुरको दुई पदमा मतगणना जारी रहेको छ । अन्तिम परिणाम आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?