सार्वजनिक यातायातको भाडा वृद्धि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १० गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै भाडा वृद्धि भएको जानकारी गराएको हो ।

विभागले सार्वजनिक यातायातको दुई दशमलव एकदेखि तीन प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ । जसमा यात्रुवाहक सवारीसाधनको भाडामा दुई दशमलव एक, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा दुई दशमलव सात र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा तीन प्रतिशत वृद्धि गरेको छ । यातायातको भाडा वृद्धि गर्नुपर्ने मुख्य कारणमा विभागले डिजेलको मूल्यवृद्धि हुनुलाई जनाएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य पाँच प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?