आज विश्व थाइराइड दिवस, नेपालमा पनि मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ।

दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरलगायतका अस्पतालले आ-आफ्नो तरिकाले यो दिवस मनाउँदै छन् ।

पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको चिकित्सक बताउँछन् । थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ।

के हो त थाइराइड रोग

मानव शरिरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ।

यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरिरमा मोटावोलिजम नियन्त्रण गर्छ । थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ ।

यी हर्मोनहरुको शरिरको बृद्धि विकाशमा अहम भुमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?