सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन आफ्ना सांसदलाई अध्यक्ष ओलीको निर्देशन

Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिनुभएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिनुभएको हो ।

‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भन्नुभयो, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’

बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गर्नुभयो ।

संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उहाँले सबैलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?