छात्रामाथि बलात्कार आरोपी तत्कालीन प्रिन्सिपल पाँच बर्ष पछि पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पाँच वर्ष अघि कक्षा ९ मा अध्ययनरत् छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनलाई टोखा नगरपालिकास्थित बानियाटार डेराबाट पक्राउ गरिएको हो ।

ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर बलात्कार गर्दै आएका थिए । पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि सुनसरी पठाइने सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले  जानकारी दिनुभयाे ।

२६ साउन २०७४ मा धरान उपमहानगरपालिका–१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा लगेर प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए । त्यसपछि उनले उनले धम्की दिनुका साथै मानसिक तनाव दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए । त्यसपछि पीडितले २ भदौं २०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन् ।

लामो समयसम्म पनि प्रहरीले खड्कालाई पक्राउ गर्न सकेको थिएन् । काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरेर सहभागीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरी उनलाई खोज्न तत्पर देखिएको थियो ।

होस्टलमा बसेका बेला उनको छातीमा समस्या देखिएको थियो । उपचार गराउन विदेशबाट उनका बुबाले प्रिन्सिपलको खातामा पैसा पठाईदिएका थिए । पैसा पठाईदिएर उनलाई प्रिन्सिपलसँग अस्पताल जानु भनेका थिए । प्रिन्सिपल खड्काले उनलाई अस्पताल नलगी सिधै होटलमा लगेर बलात्कार गरेको भन्दै केही दिन अगाडि मात्रै पीडित युवतीले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी थिइन् ।

बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपल खड्काले घरपरिवारको पनि विश्वास जितेका थिए । तर, त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर होटलमा लगेर उनको स्कूलको पोशाक च्यातेर बलात्कार गरेका थिए ।

त्यतिबेला उनी १५ वर्षकी थिइन् । बलात्कार गरेपछि उनले भिडियो बनाएका थिए र पछि त्यो भिडियो देखाएर ब्ल्याकमेल गर्दै पटक पटक बलात्कार गर्दै आएको पीडितको भनाइ थियो ।

प्रहरीमा उनीविरुद्ध बलात्कार मुद्दामा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने