काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जिएए तेस्रो रोयल यु-२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलको यो हृयाट्रिक उपाधि हो । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५-८४ ले पराजित गर्दै हृयाट्रिक उपाधि पूरा ग¥यो । हृयाट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो । रोयलका निकेश मगरले ३४ स्कोर गर्नुभयो । टाइम्सका मनिष केसीले ३७ अंक जोड्नुभयो ।
निर्धारित चार क्वाटरको खेल ६७-६७ को बराबरीमा सकिएको थियो । त्यसपछि पनि दुईपटक अतिरिक्त समय थप्नुपरेको थियो । थप गरिएको पहिलो ५ मिनेटको अतिरिक्त समयको खेल पनि १०-१० को बराबरीमा टुंगियो । दोस्रोपटक थप गरिएको ५ मिनेटको अतिरिक्त समयमा रोयल ८-७ ले अगाडि रहँदै समग्रमा फाइनल खेल एक अंकले जित्यो ।
उपाधिसँगै रोयलले ५० हजार नगद पुरस्कार पायो भने टाइम्सले १५ हजार नगदमा चित्त बुझायो । रोयलका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार नगदसहित शेर्पा चाइको गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो । मोफसलको धरान मेघा कलेजले उदीयमान टिमको उपाधि हात पा¥यो ।
विजेतालाई नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) का अध्यक्ष प्रकाशबाबु केसी र शेर्पा चाइका हेड ब्रिवर डिल्लीराम कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । साताव्यापी प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
यस्तै आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँबजारस्थित घरेलु कोर्टमा मनास्लुले एनसिसिएसलाई ७-२ ले पराजित गर्यो । सेमिफाइनलमा मनास्लुको भेट टिम बलर्ससँग हुनेछ । अर्को सेमिफाइनलमा आइएसएले एसिया प्यासिफिकविरुद्ध खेल्नेछ ।
ब्वाइजमा प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रि-क्वाटरफाइनल टिम राजेश र टिम स्प्लास, ज्ञान टाइगर र केडिए, टिम दीपेश र बलर्स ‘बी’, रिभेरा र टिम आलोक, मनास्लु ‘बी’ र टिम रोशन, एसिया प्यासिफिक र टिम रेड, टिम जिरो र नवोदित तथा एमेजिङ बलर्स र बलर्स ‘ए’ बीच हुनेछ ।
दुवै समूहमा पहिलो हुनेले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागी सबैलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ब्वाइजमा ३५ र गल्र्समा नौ टिम सहभागी छन् । फाइनल बिहीबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच