पहिलो टेस्टमा भारत विजयी

Read Time = 3 mins

दिल्ली । भारतले पहिलो टेस्ट खेलमा वेस्टइण्डिजलाई १४१ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा भारतले एक-शून्यको अग्रता लिएको छ । दोस्रो इनिङमा वेस्टइण्डिजमात्रै १३० रनमा अल आउट भएपछि तेस्रो दिनमै भारतले खेल जितेको हो । वेस्टइण्डिजका लागि एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाउनुभयो । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सक्नुभएन । भारतका स्पिनर रविचन्द्रन आश्विनले सात विकेट लिनुभयो । यस्तै, रविन्द्र जडेजाको नाममा दुई विकेट रहृयो ।

त्यसअघि भारतले पहिलो इनिङमा ४२१ रन बनाउन पाँच विकेट गुमाएको अवस्थामा इनिङ घोषणा गरेको थियो । भारतको जितमा डेब्यु गरेका युवा बायाँ हाते ब्याटर यशस्वी जैसवालले ३८७ बलमा १६ चौका र एक छक्कासहित १७१ रनको सानदार शतकीय इनिङ खेल्नुभएको थियो ।

उहाँ नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो । त्यस्तै, रोहित शर्मा २२१ बलमा १० चौका र दुई छक्कासहित १०३ रनमा आउट हुनुभयो । विराट कोहली १८२ बलमा पाँच चौकासहित ७६ रनमा आउट हुनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइण्डिज ६४.३ ओभरमा १५० रनमा अल आउट भयो । वेस्टइण्डिजका लागि एलिक एथानाजेले ९९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाउनुभयो ।

भारतका रविचन्द्रन आश्विनले पाँच विकेट लिनुभएको थियो । त्यसबाहेक रविन्द्र जडेजाले तीन, शार्दुल ठाकुर र मोहम्मद शिराजले समान एक विकेट हात पार्नुभयो । वेस्टइण्डिजले घरेलु मैदानमा दुई टेस्ट, तीन ओडिआई र पाँच टी-२० आई खेलको सिरिज भारतसँग खेल्नेछ । दोस्रो टेस्ट २० जुलाईदेखि सुरु हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?