काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित, विजय जुलुशको तयारी

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र साह निर्वाचित हुनुभएको छ ।

र्यापर तथा ईन्जिनियर साहले नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत ल्याउनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याउदा एमालेका स्थापित ३८ हजार ११७ मतका साथ तेस्रो स्थानमा रहनुभयो । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाउनु भएको छ ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी हुनुभएको हो ।

डंगोलले ६८ हजार ६१२ मत ल्याउनुभयो । डंगोलले श्रेष्ठभन्दा झण्डै तेब्बर मत ल्याउनुभएको हो । श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभएको छ । स्थानीय तहको निर्वाचन सकिएको १३ दिन पछि काठमाडौं महानगरको मतगणना सकिएको हो ।

मेयरमा निर्वाचित भएपछिको साहको विजय जुलुस भने केहि बेरमा निकालिने जनाइएको छ । विजयी उम्मेद्वारलाई बिहान ८ः३० बजे प्रमाणपत्र वितरण गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?