इलामलाई मुख्यमन्त्री कपको उपाधी

हिमालय टाइम्स
Read Time = 2 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । मुख्यमन्त्री कप फुटबल प्रतियोगिता कोशी प्रदेशको उपाधी इलामले हात पार्न सफल भएको छ । इलाम र संखुवासभाबीच शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३‐० गोलले पछि पार्दै इलामले उपाधी हात पार्न सफल भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा इलामले संखुवासभालाई लगातार तीन गोल गर्न सफल भएको थियो । संखुवासभाले भने कुनै पनि गोल गर्न सकेन । खेलको ५९ औं मिनेटमा इलामका बिशा तामाङले पहिलो गोल गर्दै खाता खोल्न सफल हुनुभएको थियो । खेलको ७९ औं मिनेटमा युवराज राईले इलामका लागि दोस्रो गोल थप्नुभएको थियो । इलामले दोस्रो गोल गरेको ५ मिनेट बित्न नपाउँदै खेलको ८४ आंै मिनेटमा बिनोद धमलाले तस्रो गोल गर्दै इलामलाई फाइनल उपाधि चुम्ने अवसर पक्का गर्नुभएको थियो ।

विजेता र उपविजेतालाई क्रमशः नगद दुई लाख र एक लाख नगदसहित मेडल, ट्रफी प्रमाण पत्र वितरण गरिएको थियो । विजेता उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले पुरस्कार वितरण गर्नु भएको थियो । खेलका म्यान अफ द म्याच इलामका पिकेश लोक्ताम हुनुभयो । ओखलढुंगा सदरमुकामको खेलमैदानमा असार ४ गतेबाट शुरु गरिएको मुख्यमन्त्री कप फुटबल शनिबार समापन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?