काठमाडौं । फेसबुकमार्फत साथी बनेकी युवतीका अन्तरंग तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले साइबर ब्यूरोले प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । उनी धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए ।
रौतहटको भवानीपुर गाउँपालिका ४ घर भएका २७ वर्षीय यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका गोप्य तस्बिर लिएका थिए । पछि तिनै तस्बिरहरू सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । त्यसविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर युवतीका गोप्य तस्बिर आफन्त तथा साथीभाइलाई पठाएको आरोपमा अर्का एकजनालाई पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिक १७ घर भइ सुनसरीको धरान उपमहानगरपालिका ३ बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भनिने मोहम्मद कासीम छन् ।
कासीममाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ । उनलाई पनि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर ब्युरोले थप अनुसन्धान थालेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल