नेपाल टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इण्डियन सोतोकान कराते कोलकाता तीन स्वर्णसहित दोस्रो भयो । तेस्रो स्थानको टिएसआरकेकेओले दुई स्वर्ण हात पार्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप राई तथा महिलामा नेपालकै एञ्जिला डंगोल उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

विजेतालाई राखेप सदस्य-सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाका अनुसार प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?