काठमाडौं । स्लोभाकियाका एल्जाज बेडेनीमाथि ६-३,६-३,६-२ को सहज जितसहित साविकको विजेता नोभाक जोकोभिच फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । यससँगै जोकोभिच र १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालबीच क्वार्टरफाइनलमा भेट हुने सम्भावना प्रबल रहेको छ ।
नाडालले शुक्रबार राति चौथो चरणमा प्रवेश गर्ने क्रममा बोटिक भान डी जान्स्लुपमाथि ६-३,६-२,६-४ को जित निकाले । नाडालले चौथो चरणमा आइतबार क्यानडाका फेलिक्स औगर अलियास्मीसँग प्रतिस्पर्धा गर्नेछन् ।
नाडाल गत संस्करणको फाइनलमा जोकोभिचसँग पराजित भएका थिए । करङको चोटका कारण करिब दुई महिना कोर्ट बाहिर रहेका नाडाल अहिले विरियताको पाँचौ स्थानमा छन् ।
जोकोभिचले भने अन्तिम १६ मा अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन