छिटफुट घटनालाई लिएर निर्वाचन धाँधली भयो भन्न मिल्दैन: प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्न नमिल्ने बताउनु भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी समेत गर्नु भयो । उहाँले सार्वभौम जनता निर्णायक शक्ति हुने भएकाले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीय सदस्यहरुले चासो राख्नु भएको छ । यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु । देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो । सीमित स्रोत, साधनको बीच पनि निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त हुँदैन । सार्वभौम जनतालाई यसको निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन ।’

प्रधानमन्त्री देउवाको सम्बोधन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?