काठमाडौं । प्रदेश १ र बागमती प्रदेशले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । प्रदेश १ पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बागमतीलाई दुई/एक गोलले पराजित गरे ।
हाँडीगाउँस्थित धन्वन्तरीमा भएको महिलाको उपाधि भिडन्तमा बागमतीले प्रदेश १ लाई २-० गोलले हरायो । दुवै समूहका विजेताले १० हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाए ।
विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृतद्वय सारङ्गिन निरौला र ओमनाथ न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच