काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायीक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन् । संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताउनु भयो ।
पुनर्संरचना गर्दै छुट्टा छुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तामिल कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताउनु भयो ।
प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्साङ्कन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताउनु भयो । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उहाँले बताउनु भयो।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक