हलेसी बजारकोे ‘पर्यटन सूचना केन्द्र’मा नौ लाख लगानी, उपलब्धि शून्य

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हलेसी आउने पर्यटकलाई दिक्तेलसम्म ल्याउन हलेसीबजारमा स्थापना गरेको ‘पर्यटन सूचना केन्द्र’कोे उपलब्धी शुन्य देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी महादेवस्थान विकास समितिको भवनमा निःशुल्क कोठा लिएर स्थापना गरेको ‘पर्यटन सूचना केन्द्र’को उपलब्धी शुन्य देखिएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ को नौ लाख बजेटमा स्थापना भएको सूचना केन्द्रको २०७५ चैत २९ गते हलेसी मन्दिर प्राङगणमा तत्कालिन नगरप्रमुख दिपनारायण रिजाल र तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले तामझामका साथमा उद्घाटन गर्नुभएको थियो । सोही बजेट भित्रबाट नगरपालिकाको १५ वडाको पर्यटकीय तथा धार्मिकस्थल समेटेर तयार गरिएको हाते ब्रुसर बाँड्ने, टिसर्ट छपाउने र डिजिटल बोर्डमा भिडियो देखाउने काम भएको थियो ।

सूचना केन्द्रमा नगरपालिकाले सुरुवातमा निर्णय गरेर नवराज घिमिरे र त्यसपछि नगरकै कार्यालय सहयोगी मोहन दुलाललाई कर्मचारीका रुपमा राखेको थियो । उहाँहरुले हलेसी आएका पर्यटकलाई दिक्तेलसम्म जानुहोस भन्दै हाते ब्रुसर बाड्ने र नगरको पर्यटकीय तथा धार्मिक स्थलहरुको भिडियोे देखाउने काम गरे पनि पर्यटक दिक्तेल आएनन् ।

पर्यटन प्रवद्र्धन समिति संयोजक अनिल जोशीलाई बनाएको थियो । जोशीले ब्रुसर छाप्ने, टिसर्ट छपाउने काम गर्नुभएको थियो । कोभिडका कारण जोशीको निधन भईसकेको छ । अहिले सूचना केन्द्रको कार्यालयमा ताला लागेको छ । ब्रुसर, टिसर्ट कहाँ छ, कती छ केही अभिलेख छैन ।
सूचना केन्द्रमा बसेका कर्मचारीका अनुसार खासै पर्यटक दिक्तेल आएनन् । एकादुई सूचना केन्द्रमा सोध्न चाँहि आउथे तर, मान्छे दिक्तेल गएनन् । नगरपालिकाका सूचना अधिकारी मोहन कुमार भट्टराईका अनुसार एकवर्ष सूचना केन्द्रमा कर्मचारी बसेर काम गरेको र कोभिड आएपछि नगरपालिकानै तानिएको हो । अहिले नगरपालिकाले राखेको डिजिटल डिस्प्ले छ तर, त्यो चल्दैन, त्यसैलाई पनि धुलोले खाईसकेको प्रत्यक्षदर्शी बताउँछन् ।

नगरपालिकाकै अधिकारीहरुले भने अनुसार वर्षदिन सूचना केन्द्र चले पनि प्रतिफल शुन्य नै भएको पुष्टि हुन्छ । सूचना केन्द्र चले अवधिको प्रतिफल नगरपालिकासँग छैन । सूचना केन्द्रबाट पर्यटक दिक्तेल ल्याउने भन्दै अघिल्लो सरकार प्रमुख, उपप्रमुखले गरेको काम बन्द हुँदा निरन्तरता र छानविनका लागि वर्तमान मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले कुनै प्रतिक्रिया दिनुभएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?