सनराइजको निःशुल्क डिम्याट खाता सुविधा

Read Time = 1 min

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले सरकारको एक नेपाली एक डिम्याट खाता अभियानलाई सार्थक बनाउने उद्देश्यसहित असार मसान्तसम्म सम्पूर्ण ग्राहकलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

क्यापिटलको यस्तो सुविधा तथा अभियानबाट विशेषत पुँजी बजारबाहिर रहेका गृहिणी, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई विशेष फाइदा पुग्नुका साथै सर्वसाधारणमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । यस्ता कार्यक्रमले सर्वसाधारणलाई पुँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?