नगरप्रमुख पन्थीको हरित शहरको अवधारणा

Read Time = 2 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकामा हरित शहरको रुपमा विकास गर्नको लागि आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको छ ।

नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र १४ वटै वडाका अध्यक्षहरुसँग संयुक्त रुपमा बसेको बैठकमा नगरप्रमुख पन्थीले हरित शहरको बारेमा जानकारी गराउनुभयो ।

हरित शहरको अवधारणाको बारेमा जानकारी गराउँदै नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिका प्राकृतिक र बातावरणीय हिसाबले आफैँमा सुन्दर र हरियाली शहर भएको हुँदा यो अवधारणा नगरको मौलिक कार्यक्रम रुपमा रहने बताउनुभयो ।

नगरका आगामी कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सरसफाइलगायत हरित शहरको परिकल्पना अनुसार अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो,“यसलाई जनसहभागितामा र सबैको सुझावबाट तत्कालै नीतिमार्फत अगाडि बढाइनेछ ।”

हरित शहरको अवधारणालाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थपन केन्द्र निर्माण गर्ने उहाँले बताउनुभयो । सोही अवसरमा नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरि पर्यटन पूर्वाधारमा लगानी बढाउनेसमेत बताउनुभयो ।

उहाँले रेसुंगा क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले हाल निर्माणाधिन भौतिक पूर्वाधारका योजना सम्पन्न गर्दै वडा कार्यालय जोड्ने सडक क्रमशः कालोपत्रे गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?