श्रीराम अर्जुन/हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ वनकरिया बस्तीकी ५८ वर्षीया सन्तमाया वनकरिया नेपालमै वनकरिया समुदायबाट पहिलो उम्मेदवार बन्नुभएको छ । लोपोन्मुख समुदायअन्तर्गत पर्ने वनकरिया समुदाय नेपालमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मात्रै बसोबास रहेको छ ।
स्थानीय तहको निर्वाचनमा पहिलो उम्मेदवार बन्नुभएकी सन्तमायाले मनहरी गाउँपालिका-४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा आफ्नो उम्मेदवारी दिनुभएको हो ।
सामान्य रुपमा आफ्नो नाम मात्रै लेख्न सक्ने सन्तमाया १८ वर्षअघि जंगल जीवन त्यागेर वनकरिया समुदायसँगै बस्तीमा सर्नुभएको हो । चेपाङ परिवारमा जन्मिनुभएकी उहाँले कृष्णबहादुर वनकरियासँग विवाह गर्नुभएको हो । आफ्ना तीनवटा सन्तानलाई जंगलमा नै जन्माएर हुर्काएको उहाँ बताउनुहुन्छ । उहाँका दुई छोरा र सात छोरीहरू छन् ।
स्थानीय तहको निर्वाचनमा वडा सदस्य बन्न पाउँदा उहाँ आफैँ अचम्मित परेको बताउनुहुन्छ । पहिलो पटक वनकरिया समुदायबाट निर्वाचनमा उम्मेदवार बनेको उहाँलाई सपनाजस्तै लागेको छ । उहाँ अहिले गाउँमा भोट माग्नमा व्यस्त हुनुहुन्छ । ‘म पनि यसरी राजनीति गरौँला, चुनावमा उठौँला भन्ने कुरा कल्पनामा पनि थिएन । अहिले चुनावमा उम्मेदवार बन्न पाउँदा खुशी लागेको छ’, उहाँले भन्नुभयो ।
आफूले वनकरिया समूदायमा सधै नेतृत्वदायी भूमिका खेलेकै कारण गाउँलेले पनि उहाँलाई चुनावमा उठ्नुपर्छ भनेपछि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले जितेँ भने त वनकरियाको लागि धेरै काम गर्नेछु ।’
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :