बजेटपछि पनि नेप्सेमा उच्च अंकको गिरावट

Read Time = 2 mins

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि शेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।
बजेटपछि तथा साताको पहिलो कारोवार सोमवार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

नेप्से परिसूचक गिरावट आएपनि बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२३ प्रतिशत बढेको छ । यता १ वर्षपछि कारोबारमा आएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

ज्योती लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य ७ प्रतिशत भन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा ४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?