बजेटमा धेरै कुराहरु राम्रो भएपनि विद्यमान संरचनाले नधान्ने पो हो कि भन्ने चिन्ता छ: माधव नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो ।

उहाँले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिनुभयो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमिकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताउनुभयो ।

बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?