काठमाडौं । मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखराविमानस्थलमा झारिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो ।
शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ ।
शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् ।
आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्क विहीन भएको थियो। उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल