नेक्सस-संकटा कप आइतबारदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउनुहुनेछ । प्रिन्सिपल कट्वालले आगामी दिनमा पुरस्कार राशीलाई बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको सुरुवात गरिएको बताउनुभयो ।

प्रतियोगिता संयोजक विवेक कट्वालले प्रतियोगिताको नारा ‘फुटबल फर एडुकेसन’ रहेको जानकारी गराउँदै फुटबलका जनशक्ति रेफ्री, ग्राउन्ड स्टाफलगायत उत्पादनमा पनि नेक्सस लागि परेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा संकटा, मध्यपुर युथ एसोसिएनका प्रतिनिधि, सहभागी टिमका प्रशिक्षक, कप्तानलगायतको उपस्थिति थियो । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?