जो तारा एयरको विमान दुर्घटनामा अस्ताए

Read Time = 4 mins

-पुरुषोत्तम घिमिरे

काठमाडौं । शनिबार बिहान १२ बजे काठमाडौंबाट मुक्तिनाथ दर्शनका लागि हिँड्नुभएका राजन गोलेका सातजना परिवार सदाका लागि अस्ताउनुभएको छ । राजनकी श्रीमती दीपा र उहाँका छोराछोरी भने पहिला नै गएर आएकाले तीर्थयात्रामा सामेल हुनुभएन । गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बसोबास गर्ने राजनको पुर्खोली घर धनुषा हो । उहाँ राजनीतिमा पनि सक्रिय हुनुहुन्छ ।

नेकपा समाजवादीका मधेश प्रदेशका सदस्य रहनुभएका गोले प्रदेश सांसद शत्रुधन महतोको पिएसओ भएर पनि बस्नुभएको थियो । आफ्नो व्यापार व्यवसाय चलाएर बस्नुभएका राजन शालीन तथा भद्र स्वभावका हुनुहुन्थ्यो । ‘हामीलाई छोडेर गयो, यस्तो होला भन्ने के थाहा ?,’ साथी लक्ष्मण क्षेत्रीले भावुक बन्दै भन्नुभयो । उहाँका काका पर्ने शेखर सुवेदी भन्नुहुन्छ, ‘हामीले नजा अहिले मौसम ठीक छैन, पछि जालास् भनेको मानेन । दुई दिन त हो, आमा बाले रहर गर्नुभएको छ, पु¥याएर ल्याउँछु भन्यो । उसको समय आएको रहेछ कसले रोक्न सक्छ ।’

मुक्तिनाथ दर्शनका लागि घरबाट हिँड्नुभएका राजनका बुबा इन्द्रबहादुर, आमा राममाया, काका पुरुषोत्तम, काकी तुलसादेवी, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङसहित २२ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका छन् । राजनको परिवार अहिले विक्षिप्त भएको छ । हाँसीखुशी घरबाट बिदा हुनुभएका गोले परिवारमा २४ घण्टा बित्न नपाउँदै ठूलो बज्रपात पर्यो ।

लन्डनमा बस्ने राजनका भाइ मनोज दाजुको खबर सुनेर घर फर्कनुभयो । घर पुग्दा भाउजू अचेत अवस्थामा हुनुहुन्थ्यो भने छोराछोरी भावविहृवल रहेका थिए । घरभरि आफन्त र शुभ चिन्तकको भिड देख्दा उहाँ भक्कानिएर रुन थाल्नुभयो । उहाँ रुन थालेपछि त्यहा“ भएका आफन्तजनमा पनि रुवाबासी चल्यो ।

विमान दुर्घटना हुनुमा नागरिक उड्डयन मन्त्रालयको ठूलो दोष छ । आक्रोश पोख्दै मकरबहादुरका छोरा उत्तमले भन्नुभयो, ‘२० वर्षे गाडी हटाउनुपर्छ भन्ने सरकार ४० वर्ष पुरानो जहाज किन चलाइरहेको छ < हरेक वर्ष यसरी नै नागरिकको ज्यान लिन < छानबिन समिति बनाएर नाटक नगरे हुन्छ । हामीले हाम्रो अभिभावक गुमाएका छौँ । त्यो पीडा उसले महसुस गर्न सकोस् । आकाश मार्गलाई सुरक्षित बनाओस् । हाम्रो आँखामा छारो हाल्ने काम बन्द गरोस् । अब आउने दिनमा यस्ता दुर्घटना सुन्नुनपरोस् ।’

शनिबार काठमाडौंबाट पोखरा र आइतबार पोखराबाट मुक्तिनाथ जाने कार्यतालिका रहेको राजनले बनाउनुभएको थियो । आइतबार पोखराबाट ९:५५ बजे जोमसोमका लागि उडेको विमान जोमसोम पुग्न पा“च मिनेट बाँकी रहँदा सम्पर्कविहीन भएको जानकारी एअरपोर्टले गराएको थियो । खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । विमान कसरी दुर्घटना भयो भन्नेबारे छानबिन समिति गठन गरिएको छ । अरूलाई समेत तालिम दिने अनुभवी पाइलटका रूपमा प्रभाकर घिमिरेलाई चिनिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?