विश्व बैंकले युक्रेनलाई थप एक दशमलब ५ अर्ब डलर सहयोग दिने

हिमालय टाइम्स
Read Time = 1 min

किभ । विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप एक दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।

२४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । ययुद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ ।

नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ ।

‘जारी युद्धका समयमा विश्व बैंकले युक्रेन र यहाँका मानिसका लागि निन्तर सहयोग गरेको छ ’, बैंकका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भनेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?