यस्तो छ तपाईंको जेठ १८ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल जेठ १८ गते बुधबार, ई.सं.-१ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष द्वितीया, नक्षत्र- मृगशिरा, ११ः४३ बजे उप्रान्त आद्र्रा, योग- शूल, करण– वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५४ ।

मेष : धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।

वृष : लामो समयदेखि चलिरहेको वादविवाद सम्झौता टुंगिनेछ ।

मिथुन : केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ ।

कर्कट : उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हातलागी हुन सक्छ ।

सिंह : परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन् ।

कन्या : नोकरी तथा राजनीतिमा विशेष लाभ हुनेछ ।

तुला : लगनशीलताले विस्तारै लक्ष्यमा पुर्‍याउनेछ ।

वृश्चिक : खानपानले पेटको समस्या आउन सक्छ ।

धनु : धन, उपभोग्य वस्तु र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ ।

मकर : अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ ।

कुम्भ : पेसा-व्यवसायबाट पनि नियमित आम्दानी भइरहनेछ ।

मीन : प्रतिभाले मान-सम्मानसमेत दिलाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?