नदीमा हाम फालेका एक व्यक्तिको सकुशल उद्धार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७:१५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो ।

लिम्बु झापाको कमल गाउँपालिका-५ का हुनुहुन्छ । सप्तकोशी पुलको बीचको नोजबाट उहाँ नदीमा हाम फाल्नुभएको थियो ।

लगत्तै उहाँलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।

उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?