बागलुङका दश पालिकाको बजेट चार अर्ब ३४ करोड

Read Time = 6 mins

-डम्मर बुढा मगर
बागलुङ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागलुङका १० स्थानीय तहमा चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ ।
जिल्लाको १० स्थानीय तहलाई संघीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेटको बाँडफाँट गर्दा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट बढेर आएको छ । चालु आर्थिक वर्ष चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

आगामी आर्थिक वर्षमा ४७ करोड ६ लाख बजेट बढेर आएको छ । आगामी वर्षका लागि बागलुङ नगरपालिकालाई ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ७४ करोड ७२ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका बागलुङ नगरपालिकाको बजेट १० करोड ५३ लाख बढी बजेट विनियोजन भएको छ ।

गलकोट नगरपालिकालाई आगामी आर्थिक वर्षका लागि ५१ करोड एक लाख रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्षमा ४७ करोड ४८ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगमी वर्ष सय पालिकामा चार करोड ३७ लाख बढेर बजेट विनियोजन भएको छ ।

जैमिनी नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ५२ करोड २४ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा ४९ करोड ५७ लाख विनियोजन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि जैमिनी नगरपालिकालाई दुई करोड ६७ लाख बजेट बढेर आएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकामा आगमी आर्थिक वर्षका लागि ३७ करोड एक लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा यस पालिकामा ३२ करोड ७० लाख विनियोजन भएको थियो जुन गत वर्षको तुलनामा चार करोड ३१ लाख रकम बढी हो ।

काठेखोला गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३९ करोड ७६ लाख बजेट विनियोजन भएको छ । उक्त पालिकाको चालु आर्थिक वर्षमा संघीय सरकारले ४१ करोड ५८ बजेट विनियोजन गरेको छ । काठेखोला गाउँपालिकाको भने आगामी आर्थिक वर्षको बजेट घटेर आएको छ । चालु आर्थिक वर्षको तुलनमा आगामी आर्थिक वर्षमा काठेखोला गाउँपालिकाको बजेट एक करोड ८२ लाख बजेट घटेर आएको छ ।
बडिगाड गाउँपालिकालाई आगामी वर्षका लागि ४८ करोड चार लाख बजेट विनियोजन भएको छ । बडिगाडको चालु आर्थिक वर्षमा ४४ करोड ६ लाख बजेट आएको थियो । चालु आर्थिक वर्षको तुलनामा बागलुङको बडिगाड गाउँपालिकाको आगामी बजेट तीन करोड ८० लाख बजेट बढेर आएको छ ।

निसीखोलालाई आगामी आर्थिक वर्षमा ३३ करोड १२ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा यस पालिकामा २८ करोड ८३ लाख बजेट आएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेटमा चार करोड २९ लाख बढी बजेट विनियोजन भएको छ ।
बरेङ गाउँपालिकालाई आगमी वर्षका लागि ३० करोड पाँच लाख बजेट विनियोजन भएको छ । उक्त पालिकाको चालु आर्थिक वर्षमा २५ करोड ९८ लाख बजेट प्राप्त भएको थियो । चालुको तुलनामा आगमी वर्ष बरेङ गाउँपालिकाको बजेट चार करोड सात लाख बजेट बढी विनियोजन भएको छ ।

ताराखोला गाउँपालिकालाई आगमी वर्षका लागि २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिकालाई २४ करोड ९२ र तमानखोला गाउँपालिकालाई १७ करोड ९१ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा ताराखोलाको र तमानखोला गाउँपालिकाको बजेट बढेर आएको छ ।

ताराखोलामा चालु बजेटको तुलनामा एक करोड ५१ लाख बजेट विनियोजन भएको छ भने तमानखोला गाउँपालिकाको बजेट तीन करोड ९९ लाख बढेर विनियोजन भएको छ । बजेटलाई हेर्दा जिल्लाको दश वटै पालिकामा आगामी आर्थिक वर्षका लागि बढेर विनियोजन भएको छ । धेरै पालिकामा आगामी वर्षका लागि चार करोड बढी बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?