प्रधानमन्त्री देउवा र मेयर बालेनबीच बालुवाटारमा भेटवार्ता

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गर्नुभएको छ। प्रधानमन्त्रीसमेत रहनुभएको कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुग्नुभएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिनुभएको थियो ।

त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग माग्नुभएको थियो ।

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उहाँले भन्नुभयो ।
शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको थियो ।

शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उहाँकै निवास बालकोट पुगेर भेटवार्ता गर्नुभएको थिाये। निर्वाचित घोषणा हुन अघि उहाँ बालकोट पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले मेयरका लागि अग्रिम बधाई दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?