रोहितलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

Read Time = 2 mins

काठमाडौं । पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् ।

बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए ।

यस अघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी पुगेका थिए । त्यस यता उनी पहिलो पटक इन्डोनेसिया पुगेका हुन् ।

सन् २०१७ मा दोस्रोपटक पर्सिजासँग अनुबन्ध भएका रोहितले क्लबबाट चार उपाधि जित्दै कुल १ सय ४५ खेल खेल्दै १० गोल गरेर ११ गोलमा एसिस्ट प्रदान गरेका थिए ।

रोहितको उत्कृष्ट प्रदर्शनको मद्दतमा पर्सिजाले सन् २०१८ मा लिगको उपाधि पनि उचालेको थियो । उक्त सिजन रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितका दाइ रवीन्द्र चन्दका अनुसार रोहितलाई क्लबले एक वर्षको लागि सम्झौता गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?