एउटा कुनै घटनाबाट पाठ सिक्ने हो भने निश्चय अपूरणीय क्षतिहरू हुने थिएनन् र ती घटना पटक-पटक दोहोरिइरहने थिएनन् तर हाम्रोमा यस्ता घटनाको निरन्तरता भइरहने गरेको छ । कुनै नेताको कमजोरीका कारण ठूला घटना हुन पुगे पनि तिनको नैतिक जिम्मेवारी लिने संस्कार हाम्रोमा विकास हुनसकेको छैन । केही सीमित नेताहरूले मात्र नैतिक जिम्मेवारी लिनुभएको छ तर ठीकविपरीत केही नेताहरू आफ्ना हजार गल्ती लुकाएर पदमा टाँसिइरहन चाहेको देखिने गरेको छ । सिंहदरबार आगलागीका बेला प्रधानमन्त्री रहनुभएका कीर्तिनिधि विष्टले राजालाई राजीनामा बुझाउन जाँदा राजाले तिमीले आगो लगाएको होइन किन राजीनामा दिन्छौं नदेऊ भन्दा उहाँले नैतिकताका आधारमा जिम्मेवारी लिएर राजीनामा गर्नुभएको थियो ।
रंगशाला काण्डमा तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री केशरबहादुर विष्टले पनि आफ्नो पदबाट राजीनामा गर्नुभएको थियो । बोर्डमा आएको मेधावी विद्यार्थी विष्टलाई मानिसहरूले शिक्षामन्त्री बन्दा योग्य मानिस योग्य स्थानमा आएको विश्लेषण गरेका थिए । रंगशाला काण्डमा उहाँको कुनै हात थिएन तर आफ्नो मन्त्रालयअन्तर्गतको निकायको हेलचेक्र्याइँका कारण दुर्घटना भएर ठूलो संख्यामा मानिस मरेकाले उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको थियो । पञ्चायतकालका मन्त्रीहरूमा जति नौतिकता थियो प्रजातान्त्रिक प्रणालीका व्यक्तिमा देखिएन । बरू उल्टै आपूmले मच्चीमच्ची भारण गरेर उपबुज्रुक्याइँ छाँटिसकेपछि विवादमा परेका मन्त्रीहरूले अनेक प्रकारको प्रष्टीकरण दिने संस्कारको विकास भइरहेको छ ।
एकताका मन्त्री बनिसकेका पोखराका एकजना व्यवसायीले म भ्रष्टाचारी हुँ मैले मन्त्री बनेका बेला पदका आडमा धेरै अनियमिता गरेको छु, त्यसकारण मलाई पक्राउ गरी कारबाही गर भनेर अनशन बस्ने, कालो पट्टी लगाउने, आँखा छोपेर बस्ने, जेलमा दिने खालको सिदाको स्तरको दालचामल खाने गर्नुभयो तर सरकारले पक्राउ गरेन, बरू उहाँमा मानसिक समस्या देखाएर पन्सिन खोज्यो । मन्त्री पदमा बसेपछि कुनै न कुनै रूपमा अनियमितामा मन्त्रीहरू फसेका हुन्छन् र आपूm पनि त्यसको अपवाद नभएको भन्ने आसय उहाँको थियो । सचेतता जागरण गर्नेहरूलाई सबै मिलेर परास्त गर्ने गर्छन् भन्ने एउटा दृष्टान्त थियो त्यो ।
प्रजातन्त्रको पुनस्र्थापनापछि कृषिमन्त्री बन्नुभएकी नेतृ शैलजा आचार्यले पनि आफूले कृषि मन्त्रालयभित्र भ्रष्टाचारको जालो रहेको र आपूmले त्यसलाई चिर्ने प्रयास गरिरहेको बताउँदा आलोचनामा पर्नुभयो । शक्तिशाली नेता आफ्नै मामा प्रधानमन्त्री भएका बेला उहाँका पञ्चखत माफी हुने अवस्थामा पनि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । यी प्रतिनिधि दृष्टान्तमात्र हुन् । यस्ता धेरै दृष्टान्त पाइएलान् तर हालका मन्त्रीहरूमा त्यस प्रकारको उच्च नैतिकता पाउन मुस्किलै देखिएको छ । पर्यटनमन्त्री सुदन किरातीले त राजीनामा दिनुभएन नै उहाँमा नैतिकता भएको भए मन्त्री पदबाट राजीनामा दिनुपथ्र्यो । विदेशी रिजाउन देशवासीको आस्थामा चोट पुर्याएर पनि उहाँमा कत्ति ग्लानि र हीनताबोध देखिएन ।
यसबाट उहाँको भनाइ प्रायोजित थियो भन्ने पुष्टि हुन्छ । उहाँको भनाइ न तथ्यमा आधारित थियो न त्यसमा विश्वसनीयता थियो । न उहाँको भावभंगीमा संगति न स्वाभाविकता नै थियो । हालैको बालकुमारीकाण्डका बेला त्यहाँ पुग्नुभएका मन्त्री प्रकाश ज्वालामा केही नैतिक मर्यादाको अपेक्षा गरिएको थियो तर उहाँले पनि आफ्नो कमजोरीलाई स्वीकार्न सक्नुभएन । बालकुमारी घटनामा उहाँ जानुले आगोमा घ्यू निश्चिय थपेकै थियो । उहाँको गाडीको आगजनीको बदलामा दुई व्यक्तिको ज्यान गयो भने केही व्यक्ति घाइते भए । उहाँको मात्रै सबै दोष नहोला तर केही दोष आफ्नो हो र केही अरूको पनि दोष छ भन्ने थाहा नहुने कुरै होइन तर उहाँले पनि दोषजति सुरक्षा निकायलाई दिइरहनु भएको छ ।
हो, यस घटनामा सुरक्षा निकायको कमजोरी निश्चय नै छ, बल प्रयोग र गोली प्रहार त प्रहरीबाटै भएको हो तर आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका बेला मन्त्री त्यहाँ जानुले प्रदर्शनकारीलाई बढी उत्तेजित बनाउन सहयोग पुगेको थियो । यस्ता सबै कुराको निर्मम छानविन हुनैपर्छ र यसमा निष्पक्षता हुनुपर्छ । जनताले विश्वास गर्नेगरी छानविन गरिनु आवश्यक छ । घटना भएकै हो भएको होइन भन्न मिल्दैन तर अबको छानविनले कसका कारणले घटना भएको हो निष्पक्ष निष्कर्ष निकाल्नु आवश्यक छ । पानीमा बसेर ओभानो बन्न खोज्ने काम कसैले गर्नु उचित होइन । सुरक्षा निकायले मन्त्रीलाई र मन्त्रीले सुरक्षा निकायलाई दोष दिएरमात्रै हुँदैन । यथार्थ के हो त्यो पत्ता लगाउन सक्नुपर्छ र सार्वजनिक बन्ने प्रतिवेदनमा यथार्थता प्रतिबिम्बित हुन सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच