‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजन सुरु हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-पाँँचको प्रसारण असोज ५ गतेबाट आरम्भ हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच पाँचांै सिजनको बारेमा जानकारी गराइएको हो ।

नयाँ सिजनका लागि कोचमा उदय सोताङ र मिलन नेवार अनुबन्ध हुनुभएको छ । अघिल्ला चार सिजनमा कोच रहनुभएका प्रमोद खरेलले पाँचौं सिजनमा पनि रहनुहुने छैन् । यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुबन्धित राजेशपायल राई यो सिजनमा पनि हुनुहुनेछ भने यसअघि द भ्वाइस किड्समा कोचका रूपमा दर्शकको मन जित्न सफल गायिका मिलन नेवार द भ्वाइस अफ नेपाल सिजन पाँँचमा पनि कोचमा अनुबन्धित हुनुभएको छ ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनमा सहभागी छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाले पनि उत्साहजनक सहभागीता जनाएका छन् ।

यसैबीच द भ्वाइस अफ नेपाल सिजन पाँचका मुख्य प्रायोजकहरूसँग सम्झौता भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा डावर रेड पेष्ट अनुबन्धित भएको छ भने पावर्ड बाई स्पोन्सरमा डेन्भर फरफ्युम रहेको छ । यसैगरी को-स्पोन्सरका रूपमा बाल्ट्रा होम अप्लाइन्सेस्, रोहोतो सनप्ले र हिमालरेमिट रहेका छन् ।

यो सिजनको एसोसिएट स्पोन्सरका रूपमा एशियन पेन्ट्स, हिमालय हर्बल, लेयर सट, यति कार्पेट, इमामी हेयर आयल, जोय पपाया सन अनुबन्धित भएका छन् भने भोटिङ पार्टनर खल्ती र एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?