जंगली हात्तीको आक्रमणमा परि झापामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ।

आक्रमणबाट घाइते हुनुभएका देवीबहादुर अधिकारीलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको बाह्रदशी-१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो।

घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?