चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न कर्णको सुझाव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताउनुभएको हो ।

चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भन्नुभयो, ‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’

चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उहाँले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाउनुभयो ।

चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गरेका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?