विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई हस्तान्तरण (भिडियोसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

https://youtu.be/6NP2Rj-6fxc

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?